राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रूपैयाँ तान्ने भएको छ।
२१ दिनको लागि राष्ट्र बैंकले तान्ने यो रकम भदौ २३ गते परिपक्व हुनेछ।
बैंकहरूलाई यसको लागि बोलकबोलमा भाग दिन राष्ट्र बैंकले सूचना जारी गरेको छ।
यसअघि राष्ट्र बैंकले साउन ३० गते ४० अर्ब रकम संकलनको आह्वान गर्दा बैंकहरूले २५ अर्ब ८० करोड रकम राख्न प्रस्ताव हालेका थिए।
राष्ट्र बैंकले सो समय २३ अर्ब ६० करोड उठाएको थियो। बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजदर माग गरेका थिए।
गत साउन ३१ गतेसम्मको तथ्यांक अनुसार राष्ट्र बैंकमा बैंकहरूले विभिन्न उपकरणमार्फत् राखेको तीन खर्ब १२ अर्ब रूपैयाँ पाउन बाँकी छ।