राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६१ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिदद १३४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ भने अघिल्लो दिनको तुलनामा बढेको छ।
आज पाउण्ड एकको खरिदमा १७२ रूपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रूपैयाँ ६९ पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १७२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रूपैयाँ ११ पैसा गरिएको थियो।
युरोपियन युरो एकको खरिददर आज १४७ रूपैयाँ २८ पैसा र बिक्रीदर १४७ रूपैयाँ ९४ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसा घटेको हो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ८४ पैसा र बिक्रीमा ८९ रूपैयाँ २४ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०२ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ २४ पैसा र बिक्रीमा ३० रूपैयाँ ३८ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ १४ पैसा र बिक्रीमा ४४० रूपैयाँ १० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १३ पैसा तोकिएको छ।