नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६२ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ७९ पैसा र बिक्रीमा ९८ रूपैयाँ २२ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४७ रूपैयाँ ५८ पैसा र बिक्रीमा १४८ रूपैयाँ २४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रूपैयाँ ११ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ २२ पैसा र बिक्रीमा ३० रूपैयाँ ३५ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ १९ पैसा र बिक्रीमा ४४० रूपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १५ पैसा तोकिएको छ।