बोटलर्स नेपाल (तराई) को नाफा करिब ४२ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्ष २०८०–८१ मा कम्पनीले ३६ करोड रूपैयाँ नाफा कमाएको हो। यसअघि कम्पनीको नाफा ६३ करोड रूपैयाँ थियो।
कम्पनीको बिक्रीबाट हुने आम्दानी ६ प्रतिशतले घटेपछि नाफामा प्रभाव परेको हो। कम्पनीको बिक्रीबाट हुने आम्दानी नौ अर्ब ३२ करोडबाट घटेर आठ अर्ब ७५ करोडमा सीमित भएको छ।
कम्पनीको प्रशासनिक खर्च र बिक्री खर्च पनि बढेको छ। कम्पनीले बजारबाट उठाउन बाँकी रकम ८८ करोड रूपैयाँ छ भने तिर्न बाँकी एक अर्ब २३ करोड रूपैयाँ छ।
कम्पनीसँग बिक्री गर्न बाँकी सामान र कच्चा पदार्थ गरेर दुई अर्ब ७१ करोड रूपैयाँ छ।
कम्पनीको प्रतिसेयर आम्दानी पाँच सय २८ रूपैयाँबाट घटेर दुई सय ९८ रूपैयाँ छ।