सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ।
सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।
छुटका लागि ग्राहकहरूले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ।
बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।
छुटको विस्तृत विवरण बैंकको वेबसाइट मा उपलब्ध छ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन्।