उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उनीहरूबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाहरूको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो।