हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये ललितपुर जिल्लास्थित जाउलाखेल शाखा र धनुषा जिल्लास्थित जनकपुर शाखा–२ लाई स्थानान्तरण गरी आज (आइतबार)देखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ।
बैंकले ललितपुर जिल्ला, बागमती प्रदेश स्थित जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा–२ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ।
बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपिस्थतिमा गरेका हुन्।
हाल बैंकले नेपालभर फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २७२ एटिएम, छ हजार पाँच सयभन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।