नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आधार दरमा थप एक प्रतिशत मात्रै जोडेर विद्युतीय सवारी कर्जा दिने भएको छ।
ग्राहकलाई यो दरमा कर्जा जारी गर्ने सम्बन्धमा पारामाउन्ट मोटर्स र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच सम्झौता भएको हो।
एमजी मोटर्स खरिद गर्न चहानेको लागि बैंकले यो दरमा कर्जा दिने भएको हो। यसको लागि ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट राखे पुग्ने सुविधा दिइएको छ।
एमजी जेटयस इभी, एमजी फो इभी र एमजी कमेट इभीको खरिदमा यस्तो सुविधा पाउनेछन्।
पारामाउन्ट मोटर्स नेपालको लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता हो।