मंगलबार नेप्से परिसूचक १४५.०५ अंकले घटेर बन्द भयो।
यसदिन नेप्से ५.१८ प्रतिशतले घटेर २६५१.३२ विन्दुमा बन्द भएको छ।
नेप्से उच्च अंकले घट्दा पनि आठ कम्पनीको सेयर मूल्य बढेर बन्द भएको छ।
थ्री स्टार हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, रूरू जलविद्युत, मौलुङ खोला जलविद्युत, सगरमाथा जलविद्युत, माथिल्लो मौलुङ खोला जलविद्युत, आरम्भ चौतारी लघुवित्त र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य बढेको छ।
यसमध्ये थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७५४ रूपैयाँ ७० पैसा कायम भएको छ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार २५४ रूपैयाँ कायम भएको छ।
रूरू जलविद्युत परियोजनाको मूल्य ३.१६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८५९ रूपैयाँ कायम भएको छ।
यस्तै, मौलुङ खोला जलविद्युत, सगरमाथा जलविद्युत र माथिल्लो मौलुङ खोला जलविद्युतको मूल्य १ प्रतिशतभन्दा धेरैले बढेको छ।
आरम्भ चौतारी लघुवित्त र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य १ प्रतिशतभन्दा कमले बढेको छ।