बैंकहरूको मुख्य आम्दानी स्रोत भनेकै कर्जा लगानी हो।
निक्षेपमा बैंकहरूको खर्च हुन्छ भने कर्जामा आम्दानी।
बैंकहरूले निक्षेपको खर्च कटाएर कर्जाबाट भएको आम्दानीको आधारमा खुद ब्याज आम्दानी निकाल्छन्। खुद ब्याज आम्दानीलाई बैंकहरूले मुख्य व्यवसायबाट कमाएको आम्दानी पनि भनिन्छ।
गत आर्थिक वर्ष २०८०–८१ मा नेपाल इन्भेस्टमेन्ट मेगा र कृषि विकास बैंकको यस्तो खुद ब्याज आम्दानी उच्चले बढेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानी २२ प्रतिशतले बढेको छ। यसअघि १२ अर्ब ३० करोड खुद ब्याज आम्दानी गरेको बैंकको यस पटक यस्तो आम्दानी १५ अर्ब एक करोड रूपैयाँ पुगेको छ।
बैंकको नाफा पनि २८.३२ प्रतिशतले बढेर ५ अर्ब १९ करोड रूपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७९–८० मा बैंकले तीन अर्ब ७२ करोड नाफा कमाएको थियो।
बैंकले यसअघि जतिकै ३ अर्ब २० करोड रूपैयाँ प्रावधानमा राखेको छ।
गत आर्थिक वर्ष २०८०–८१ मा नेपाल इन्भेस्टमेन्ट मेगा र कृषि विकास बैंकको यस्तो खुद ब्याज आम्दानी उच्चले बढेको छ।
कृषि विकास बैंकको खुद ब्याज आम्दानी २३.५६ प्रतिशतले बढेको छ। यसअघि आठ अर्ब १९ करोड खुद ब्याज आम्दानी गरेको बैंकको यसपटक यस्तो आम्दानी १० अर्ब १२ करोड रूपैयाँ पुगेको छ।
बैंकको नाफा पनि करिब ६४ प्रतिशतले बढेर तीन अर्ब ६५ करोड रूपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७९–८० मा बैंकले एक अर्ब ३२ करोड नाफा कमाएको थियो।
यसअघि एक अर्ब ४५ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक एक अर्ब ४५ करोड रूपैयाँ राखेको छ।