गत आर्थिक वर्ष २०८०-८१ मा प्राइम कमर्सियल बैंकको नाफा ३ अर्ब ७७ करोड रूपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्ष २०७९-८० को सोही अवधिको तुलनामा यो ७२.९४ प्रतिशतले धेरै हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब दुई करोड नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी बढेको र प्रावधानमा राखिने रकम उच्चले घटेपछि नाफामा वृद्धि भएको हो।
बैंकको खुद ब्याज आम्दानी १२ प्रतिशतले बढेर आठ अर्ब रूपैयाँ पुगेको छ। यस्तै, यसअघि ४ अर्ब १० करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक १ अर्ब २४ करोड राखेको छ।
बैंकको प्रतिसेयर आम्दानीमा उच्च सुधार भएको छ। यसअघि प्रतिसेयर आम्दानी ५ रूपैयाँ ३० पैसा रहेकोमा यो बढेर १९ रूपैयाँ ५३ पैसा पुगेको हो।