नाफा रकमको आधारमा ग्लोबल आइएमई सबैभन्दा धेरै कमाउनेमध्ये दोस्रो ठूलो बैंक बनेको छ।
गत आर्थिक वर्ष २०८०-८१ मा बैंकको नाफा ६ अर्ब एक करोड रूपैयाँ छ। अघिल्लो आर्थिक वर्ष २०७९-८० को सोही अवधिको तुलनामा यो ११ प्रतिशतले घटेको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६९ करोड नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी घटेको र प्रावधानमा राखिने रकम बढेकोले नाफामा प्रभाव परेको हो।
बैंकको खुद ब्याज आम्दानी करिब २.७४ प्रतिशतले घटेर १६ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ।
यस्तै, यसअघि ३ अर्ब ४२ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ३ अर्ब ७४ करोड राखेको छ।