गत आर्थिक वर्ष २०८०-८१ मा कुमारी बैंकको नाफा २ अर्ब ३० करोड रूपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्ष २०७९-८० को सोही अवधिको तुलनामा यो ७७.८२ प्रतिशतले धेरै हो।
अघिल्लो आवको सोही अवधिमा बैंकले मात्रै ५१ करोड नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी घटे पनि प्रावधानमा राखिने रकम उच्चले घटेपछि नाफामा वृद्धि भएको हो।
बैंकको खुद ब्याज आम्दानी ०.७२ प्रतिशतले घटेर १० अर्ब ९८ करोड रूपैयाँमा सीमित भएको छ। यस्तै, यसअघि ८ अर्ब ११ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ३ अर्ब ५६ करोड राखेको छ।