गत आर्थिक वर्ष २०८०–८१ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रूपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्ष २०७९–८० को सोही अवधिको तुलनामा यसमा ४.५१ प्रतिशतले कमी आएको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४६ लाख ५३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकोले नाफामा प्रभाव परेको हो।
बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ४४ लाख ९४ हजार रूपैयाँमा सीमित भएको छ। यस्तै, सञ्चालन नाफा ४.५३ प्रतिशतले घटेर ४ अर्ब ७४ करोड ६५ लाख ६ हजार रूपैयाँमा सीमित भएको छ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड ९१ लाख ६७ हजार छ। बैंकको लाभांश दिने क्षमता २६.५ प्रतिशत छ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रूपैयाँ छ।
बैंकको प्रतिसेयर आम्दानी ३५ रूपैयाँ ०९ पैसा र प्रतिसेय नेटवर्थ २१८ रूपैयाँ ०४ पैसा छ।
बैंकको खराब कर्जा केही बढेर २.१४ प्रतिशत पुगेको छ।