साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्सेमा करेक्सन आएको छ।
लगातार तीन दिन नेप्सेमा वृद्धि भएपछि बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।
आज नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार छ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५५ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१३ वटा धितोपत्रको एक करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन तीन कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
समृद्धि फाइनान्स र कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने साधना लघुवित्तको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
मिडसोलु हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रति कित्ता मूल्य ६९३ रूपैयाँ कायम भएको छ।
यस्तै, भगवती हाइड्रोपावरको मूल्य ८.२७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १३१ रूपैयाँमा झरेको छ।
बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ६०१ रूपैयाँमा २८ करोड ४७ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४० रूपैयाँमा २० करोड ५७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक । वित्त समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको भने उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले घटेको छ।