प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुवोध भण्डारी र व्यवस्थापक सुवास कार्कीद्वारा हस्ताक्षर गरिएको हो।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।