मंगलबार अमेरिकी डलरसँग क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९२ पैसा कायम गरिएको छ।
सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा कायम थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसा बढेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ ४२ पैसा र बिक्रीमा १७० रूपैयाँ १९ पैसा पाइन्छ।
सोमबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ३४ पैसा र बिक्रीमा १७० रूपैयाँ १० पैसा तोकिएको थियो।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ९७ रूपैयाँ २६ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १३ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ २७ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९१ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ८८ पैसा र बिक्रीमा ८८ रूपैयाँ २७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २४ पैसा र बिक्रीमा २८ रूपैयाँ ३७ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ५५ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ५१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५५ रूपैयाँ २७ पैसा तोकिएको छ।