बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको २६ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ५९ पैसा र बिक्रीमा १४५ रूपैयाँ २४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ८८ रूपैयाँ ८३ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३० पैसा र बिक्रीमा ९७ रूपैयाँ ७४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रूपैयाँ र बिक्रीदर १७० रूपैयाँ ७६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ३३ पैसा र बिक्रीमा २८ रूपैयाँ ४६ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ३६ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ३१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७० पैसा तोकिएको छ।