बुधबार नेप्से परिसूचक ५.५८ अंकले घटेको छ।
यसदिन नेप्से ०.२६ प्रतिशतले घटेर २०७९.७१ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार चार अर्ब आठ करोड ४७ लाख १५ हजार ८७७ रूपैयाँको कारोबार भएकोमा बुधबार तीन अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०६ वटा धितोपत्रको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन भगवती हाइड्रोपावको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९९४ रूपैयाँ ४० पैसा कायम भएको छ।
मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ९.८३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १९२ रूपैयाँ कायम भएको छ।
अपर लोहोरो खोला हाइड्रोपावरको मूल्य सर्वाधिक ५.५१ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रति कित्ता मूल्य ३७७ रूपैयाँ कायम भएको छ।
यस्तै, कुमारी धनवृद्धि योजनाको मूल्य ४.९६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ८२ पैसामा झरेको छ।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ६०५ रूपैयाँमा १९ करोड ०३ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९५८ रूपैयाँमा १८ करोड ४३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घटेको छ।
यसदिन म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले घटेको छ।