नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ मा करीब साढे नौ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ।
अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३/७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पुर्याइ ७३ हजार ८११ ऋणी सदस्यलाई तीन अर्ब नौ करोड रुपैयाँ ऋण लगानी गरेको बताए।
उनले एक अर्ब १३ करोड रुपैयाँ बचत संकलन गरेको जानकारी दिए। बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३/७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ। बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अर्यालले बैंकको चुक्ता पूँजी ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ पुगेको बताए।