आगामी शनिबार राजश्व संकलनका लागि सम्पूर्ण बैंकहरु खुल्ला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले पुस २९ गते बैंकहरु खुल्ला राख्न निर्देशन दिएको हो।
अब असोज, पुस, चैत र असार महिनाको २५ गतेपछि शनिवार वा अन्य जुनसुकै सार्वजनिक विदा परे पनि राजश्व संकलन तथा चेक क्लियरिङका लागि खुल्ला गर्न राष्ट्र बैंकले भनेको छ।
यी दिनमा बैंकहरु मात्रै नभई भन्सार कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, आन्तरिक राजश्व कार्यालयहरु, क्लियरिङ हाउस पनि संचालन हुने भएका छन्।