एनआइसी एसिया बैंकले यसअघि जारी गरेको ऋणपत्र (डिवेन्चर)को बाँडफाँड भएको छ।
बैंकले १३ पुसबाट बिक्री खुल्ला गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा सम्पूर्ण रकमका लागि आवेदन परेको जनाएको छ। आवेदक सबैले ऋणपत्र पाएका छन्। ऋणपत्रको बिक्री सकिएपछि पुस २१ गते आवेदन बन्द गरिएको थियो।
आजकै मितिदेखि ऋणपत्र धनीहरुले वार्षिक ९ प्रतिशतका दरले हुन आउने व्याजदर ६–६ महिनामा पाउने छन्। ७ वर्षे अवधिको यो ऋणपत्र पूँजी बजारको विकासमा कोशेढुंगा सावित हुने बैंकको विश्वास छ। बैंकहरुमा लगानीयोग्य रकमको अभावका बाबजुत ऋणपत्रमा आकर्षण देखिएको छ।
उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण हुनेछ। सूचीकरणपछि दोस्रो बजारमा समेत सोको खरिद बिक्री कारोवार गर्न सकिनेछ।