नेप्से परिसूचक मंगलबार १२ अंकले उकालो चढेको छ। चार दिन यता निरन्तर उक्लेको नेप्से १४५६ अंकमा कायम भएको छ।
बजारको पुँजीकरण १७ खर्ब पुगेको छ। यस दिन लगानीकर्ताको सम्पत्ति १४ अर्बले बढेको हो। अघिल्लो दिन बजारको आकार १६ खर्ब ८६ अर्बको थियो। कुल १५९ कम्पनीको ५१ करोड रुपैयाँको सेयर किनबेच भयो। यस दिन उत्पादनबाहेकका सबै उपसूचक बढेका छन्। सो उपसूचक ३ अंकले घट्यो।
बिमा ३४, बैंकिङ १२, व्यापार १, होटल ६०, विकास बैंक १४, जलविद्युत ५, बिमा ३४, अन्य ४ र माइक्रोफाइनान्स १७ अंकले बढे।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै यस दिन पनि कारोबारका आधारमा अग्रस्थानमा रह्यो। उसको ६ करोड ३६ लाखको कारोबार भयो। केही दिनयता उसको उच्च कारोबार हुँदै आएको छ।
एफपिओ जारी गरेकाले कम्पनीको कोष पर्याप्त भएकाले यस पटक उच्च बोनस दिने लगानीकर्ताको अपेक्षा छ। यद्यपी कम्पनीको चुक्ता पुँजी भने बीमा समितिले तोकेअनुसार पुगिसकेको छ।
सानिमा माइ हाइड्रोको ५ करोड ५२ लाखको कारोबार भयो। एभरेष्ट बैंक, स्टान्डर्ड चार्टड बैंक, बुटवल पावर कम्पनी पनि कारोबारका आधारमा अगाडि देखिए।
बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाए। सो कम्पनीको मूल्य ६ प्रतिशतले बढ्यो। दिव्यश्वरी हाइड्रोको मूल्य ५ प्रतिशतले बढ्यो।
गुमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ता अगाडि रहे। कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ। प्रिमियर इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले घटेको छ।