प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयर लगानीकर्तालाई १३. ५२ प्रतिशत बोनस दिने भएको छ।
कम्पनीले जारी भएको एफपिओ पर्नेलाई समेत सो लाभांश दिनेगरी प्रस्ताव गरेको हो। साथै सो बोनस सेयरको कर प्रयोजनार्थ आवश्यक रकम पनि उसले छुट्याएको छ।
कम्पनीको सेयर मूल्य बजारमा प्रतिकित्ता १४८० रुपैयाँको हाराहारीमा छ। यसअघि उसले प्रतिकित्ता ७९९ रुपैयाँका दरले एफपिओ जारी गरेको छ। जारी भएको एफपिओ बाँडफाँड भइसकेको छैन।