नविल तथा सानिमा बैंकको बोनस सेयर बजारमा सूचीकृत भएको छ।
वाणिज्य बैंकमा सबैभन्दा पहिले बोनस घोषणा गरेको नविलको कुल १ करोड ८५ लाख ७७ हजार १४० कित्ता बोनस थपिएको हो।
त्यस्तै सानिमा बैंकको १ करोड १० लाख ३६ हजार २१४ कित्ता पनि सूचीकृत भएको छ। नविलले गत आवको नाफाबाट ३० प्रतिशत तथा सानिमाले १५ प्रतिशत बोनस दिएका हुन्। बोनस सूचीकृत भएसँगै अब लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण भई खरिदबिक्री सुरु हुनेछ।