सिटिजन्स बैंकले ‘सिटिजन्स स्मार्ट बैंकिङ’ सेवा सुरु गरेको छ। बैंकले पुरानो मोबाइल बैंकिङलाई स्तरोन्नति गरी यो सेवा संचालनमा ल्याएको हो।
यस प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुने र विश्वको जुनसुकै कुनाबाट सेवा लिन सकिने बैंकले जनाएको छ।
यस सेवाबाट रिचार्ज गर्न, बिजुली, टेलिफोन, एडिएसएल लगायतमा रकम भुक्तानी गर्न, कुनै अर्को बैंकको खातामा रकम ट्रान्सफर गर्न, स्कुल तथा कलेजको शुल्क तिर्नुका साथै क्रेडिट कार्डको रकम भुक्तानी गर्न सकिने छ।
हाल एन्ड्रोइड मोबाइल प्रयोगकर्ताको लागि प्लेस्टोर मा सिटिजन्स स्मार्ट बैंकिङ एप उपलव्ध छ भने आइफोन प्रयोगकर्ताका लागि केही दिनपछि सेवा उपलव्ध हुने सिटिजन्सले जनाएको छ।