लगातार ऋणपत्र खरिद गरेर बैंकिङ प्रणालीमा रकम प्रवाह गरेको राष्ट्र बैंकले फेरि २ अर्ब खिच्ने भएको छ। निक्षेप उपकरणमार्फत बैंकले सोमबार २ अर्ब तान्ने भएको हो।
राष्ट्र बैंकले ३१ अर्ब भन्दा बढी रकम ऋणपत्र खरिद गरी प्रणालीमा पठाएपछि अन्तरबैंक ब्याजदर घट्न थालेकाले पुनः रकम खिच्ने भएको हो। बैंकका अनुसार अन्तरबैंक ब्याजदर ३ प्रतिशत मुनि झरेको छ।
बैंकिङ प्रणालीमा ५० अर्ब बढी अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ।