प्रभु बैंकको ४० प्रतिशत हकप्रद सेयर निश्कासन माघ ७ गतेदेखि हुने भएको छ।
बैंकले कुल २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद जारी गर्न लागेको हो। प्रतिकित्ता १ सयका दरले लगानीकर्ताले आफूसँग भएको सेयर संख्याको ४० प्रतिशतसम्म माग गर्न सक्नेछन्।
आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धकको सनराइज क्यापिटलले जनाएको छ।
हकप्रदका लागि आगामी पुस २० गतेसम्म लगानीकर्तासँग सेयर हुनुपर्नेछ। फागुन १३ गतेसम्म लगानीकर्ताले आवेदन दिनुपर्नेछ। हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रहेको छ। हकप्रद निश्कासनपछि यो ८ अर्ब २३ करोड पुग्नेछ। बैंकले चालु आवको पहिलो त्रैमासमा २५ करोड ७ लाख खुद नाफा कमाएको छ।