बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएपछि राष्ट्र बैंकले पुनः १० अर्ब पठाउने भएको छ।
बैंक तथा वित्तीय संस्थाहरुबाट विकास ऋणपत्र सोझै बोलकबोल खरिद गरी उसले १० अर्ब पठाउने भएको हो। पुस १९ गते २ बजेसम्म बोलकबोलको मिति तोकिएको छ।
यसअघि ५ अर्ब रुपैयाँ पठाउन खोज्दा करिब १८ अर्ब रुपैयाँको आवेदन परेपछि बैंकले पुनः १० अर्ब पठाउन लागेको हो। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्रको आधारमा आफूले चाहेको रकमको आवेदन दिन सक्नेछन्। परिमाण तथा मूल्यका आधारमा ऋणपत्र छनौट गरी राष्ट्र बैंकले खरिद गर्ने गर्दछ।