एनआइसी एसिया र सिटिजन्स बैंकको छुट्टाछुट्टै कोष प्रवद्र्धनमा २ अर्ब रुपैयाँको म्युचुअल फण्ड जारी हुने भएको छ।
ति दुवैले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका छन्। एनआइसी एसियाको योजना व्यवस्थापकमा एनआइसी एसिया क्यापिटल तथा सिटिजन्सको सिबिआइएल क्यापिटल रहेको छ।
दुवैले १–१ अर्बको फण्ड जारी गर्नेछन्। एनआइसी एसियाको नाम ‘ग्रोथ फण्ड’ तथा सिटिजन्सको ‘म्युचुअल फण्ड १’ रहेको छ।
दुवै कम्पनीले १०–१० करोड इकाई जारी गर्नेछन्। प्रतिइकाई १० रुपैयाँका दरले सर्वसाधारणमा म्युचुअल फण्ड जारी हुनेछ।