प्रिमियर ईन्स्योरेन्सको एफपिओ बिक्री आजदेखि खुल्ला भएको छ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ प्रिमियम थपगरी ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार ५६५ कित्ता बिक्रीमा ल्याएको हो। एफपिओमा पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ।
न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँको आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ। कम्पनीका अनुसार उच्चतम ३ हजार २९० किताका लागि आवेदन दिन पाइने छ।
आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा गई आश्वा प्रणालीबाट आवेदन दिन पाइने छ। एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ। एफपिओ बिक्रीपछि कम्पनीमा संस्थापकको ५१ र साधारणतर्फको ४९ प्रतिशत स्वामित्व रहनेछ।