एनआइसी एसिया बैंकले ऋण पत्रको बिक्री खुलाएको छ। कुल ३ अर्ब रुपैयाँको ऋणपत्रमा पुस १७ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ। प्रतिकित्ता १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ।
बैंकले कुल तीन अर्ब रुपैयाँको ऋणपत्र निश्कासन गर्न लागेको हो। बिक्री प्रवन्धकका रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले आफ्नो खाता भएको बैंकमार्फत नै आवेदन भर्न सक्नेछन्।
ऋणपत्रमा लगानी गर्नेले ९ प्रतिशत वार्षिक व्याजदर ६/६ महिनामा भुक्तानी पाउने छन्। लगानी गरेको ७ वर्षपछि मात्रै सावा फिर्ता हुनेछ। नेपाल स्टक एक्सचेन्जमा यो सूचीकृत हुनेछ। इक्रा नेपालले ऋणपत्रलाई एनपीएलए माइनस रेटिङ प्रदान गरेको छ। जसले उच्च सुरक्षा र न्यून जोखिम जनाउँछ।