जनता बैंकले गुराँस लाइफ इन्स्योरेन्सका योजनाहरु बिक्री वितरण गर्ने भएको छ।
दुई कम्पनीबीच बैंकासुरेन्स सम्झौतामा हस्ताक्षर भएसँगै जनताका ग्राहकले जुनसुकै शाखाबाट गुराँस लाइफको सेवा पनि पाउने छन्।
सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरे।
गुराँस लाइफका विभिन्न १२ वटा जीवन बीमा योजना संचालनमा छन्।