घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा बढेको छ। असोज मसान्तसम्म ३ खर्ब ६ अर्ब रुपैयाँ बराबरको कर्जा ‘रियल स्टेट’ शिर्षकमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।
यसअघि असार मसान्तसम्म यस्तो कर्जा २ खर्ब ९३ अर्ब थियो। तीन महिनाकै अवधिमा करिब १३ अर्बले यस्तो कर्जा बढेको छ। यसमा आवासीय घर कर्जा समेत जोडिएको छ।
बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवासीय घर कर्जाको लागि १ करोड ५० लाख रुपैयाँँसम्म ऋण प्रदान गर्दछन्।
काठमाडौं उपत्यकामा घरजग्गाका लागि कुल धितो मूल्याङ्कनको ४० प्रतिशतसम्म र उपत्यकाबाहिरका लागि ५० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाहरुले ऋण प्रदान गर्ने गर्दछन्।