जनता बैंकले राजधानीबाहिर थप चार शाखा संचालनमा ल्याएको छ।
सर्लाहीको हरिवन, रौतहटको चन्द्रपुर, नुवाकोटको बट्टार र तनहुँको दमौलीमा गरी उसका चार शाखा संचालनमा आएका हुन्।
योसँगै जनता बैंकका कुल ९० शाखा, २६ शाखारहित सेवा, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पु¥याउँदै आइरहेको छ।
बैंकको हाल ५१ अर्ब ७७ करोड निक्षेप र ४७ अर्ब ९१ करोड कर्जा प्रवाह भएको छ। बैंकले हालै घोषणा गरेको १४.४ प्रतिशत बोनस शेयर वितरणगर्दा चुक्तपुँजी ८ अर्ब पुग्नेछ।