मंगलबार सेयर बजारको परिसूचक १७ अंकले झरेको छ।
आजको कारोबारपछि परिसूचक १५१० अंकमा अडेको छ। अंक घटे पनि कारोबार रकम भने बढेको छ। यस दिन १५७ कम्पनीको ६६ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भयो।
उत्पादनबाहेकका सबै उपसूचक घटेका छन्। सो उपसूचक ६ अंकले बढेको छ। बैंकिङ १३, व्यापार ३, होटल ४७, विकास बैंक २२, जलविद्युत ८, फाइनान्स १, बिमा १६६, माइक्रोफाइनान्स २० र अन्य उपसूचक ७ अंकले घटेका छन्।
राष्ट्रिय बिमा कम्पनीको संस्थापकतर्फको सबैभन्दा बढी ५ करोड ९८ लाखको कारोबार भयो। कम्पनीको मूल्य प्रतिकित्ता १३८० कायम भएको छ। ग्लोबल आइएमई बैंकको ५ करोड ९८ लाखकै कारोबार भयो।
स्टान्डर्ड चार्टड, प्राइम लाइफ इन्स्योरेन्स संस्थापक तथा नेपाल बैंक पनि कारोबारका आधारमा अगाडि देखिए। काबेली विकास बैंकका लगानीकर्ताले ८ प्रतिशत कमाए। खानीखोला हाइड्रोको मूल्य ५ प्रतिशतले बढ्यो।
राष्ट्रिय बिमा कम्पनीको संस्थापकतर्फको मूल्य सबैभन्दा धेरै ५.८ प्रतिशतले घटेको छ। सो कम्पनीको साधारणतर्फको मूल्य ५.५ प्रतिशतले घट्यो।