सिटिजन्स बैंकले दाङको बंगलाचुलीमा आफ्नो शाखा संचालनमा ल्याएको छ। बैंकको यो ६७ औं शाखा हो।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त शाखाको उदघाटन गरे। उक्त समारोहमा स्थानीय निकायका सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो।
शाखाका इन्चार्ज सुशील पोखरेलले सो क्षेत्रमा कृषिकर्जा , पशु पालन, तथा अन्यव्यवसायिक क्षेत्रमा प्रशस्त लगानी गर्ने उदेश्य रहेको जानकारी दिए।
यसअघि बैंकले पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरही र दाङको बंगलाचुली गरी सात शाखा संचालनमा ल्याएको छ।
शाखा संचालनको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले गटेरा प्राथमिक विद्यालयलाई १ थान र धापा निम्न माध्यमिक विद्यालयलाई १ थान कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ।