स्टान्डर्ड चार्टड बैंकले लगानीकर्तालाई १०५ प्रतिशत बढी लाभांश दिने भएको छ।
कम्पनीको संचालक समितिको बैठकले लगानीकर्तालाई १ सय प्रतिशत बोनस सेयर र ५ दशमलव २७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। लाभांश स्वीकृत भएपछि अहिले १ कित्ता सेयर हुनेले अर्को १ कित्ता थप पाउने छन्। त्यसका अलवा एक कित्ता सेयर हुनेले ५ रुपैयाँ २७ पैसाका दरले नगद लाभांश समेत पाउने छन्।
बैंकले चालु आवको पहिलो त्रैमासमा ४८ करोड २५ लाख खुद नाफा कमाउन सफल भएको छ। यस हिसावले उसको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ १८ पैसा छ। बैंकले बोनस सेयर दिएपछि प्रतिसेयर आम्दानी भने घट्नेछ।
चुक्ता पुँजी ८ अर्ब पुर्याउनका लागि कम्पनीले जगेडा कोषबाट व्यवस्था मिलाउँदै शत प्रतिशत बोनस सेयर दिने भएको हो। गत आवमा बैंकले जम्मा १ अर्ब ३८ करोड खुद नाफा कमाएको थियो।
बजारमा उसको सेयर मूल्य प्रतिकित्ता २२ सय नाघेको छ। शत प्रतिशत बोनस सेयरको घोषणापछि मूल्य थप उचालिएको हो।