सिद्धार्थ बैंकले बुधबार देशका विभिन्न ठाउँमा तीन शाखा थपेको छ।
नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा थप शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले छ। बैंकले सो शाखा कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने जनाएको छ।
हालै सञ्चालनमा आएकासहित बैंकका देशभर ८० शाखा, ३ एक्स्टेन्सन काउन्टर, १०३ एटिएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी पिओएस मेसिनमार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
गत कात्तिक मसान्तसम्म बैंकले ७८ अर्ब ४६ करोड निक्षेप संकलन गरी ७१ अर्ब ७८ करोड कर्जा प्रवाह गरेको छ। सोही अवधिमा बैंकले ८६ करोड संचालन मुनाफा आर्जन गर्न सफल भएको छ।