बुटवल पावर कम्पनी र प्रिमियर इन्स्योरेन्सले एफपिओ निश्कासनको स्वीकृति पाएका छन्।
बुटवल पावरले कुल ४० लाख ८१ हजार कित्ता र प्रिमियरले ९ लाख ७५ हजार कित्ता एपिओ जारी गर्ने भएका हुन्। बुटवल पावरले प्रतिकित्ता ४०१ प्रिमियम थपी ५०१ तथा प्रिमियरले ६९९ रुपैयाँ प्रिमियम रकम थप्दै ७९९ रुपैयाँमा एफपिओ जारी गर्नेछन्। दुवै कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ।
बजार मूल्यभन्दा केही सस्तो पाइने भएकाले एफपिओ पनि सर्वसाधारणको आकर्षणमा पर्ने गरेको छ। प्रिमियरको हाल बजारमा मूल्य प्रतिकित्ता साढे १५ सय तथा बुटवल पावरको ७३० रुपैयाँको हाराहारीमा छ।
बुटवल पावर कम्पनीले सर्वसाधारणमा प्रत्येक्ष रुपमा आइपिओ जारी नगरी एफपिओ जारी गर्न लागेको हो। यसअघि स्वामित्व परिवर्तन गरेर बुटवल पावरको अंकित मूल्यभन्दा बढीमा सर्वसाधारणलाई सेयर दिइएको हो।