शनिबार र आइतबार परेको सार्वजनिक विदामा पनि बैंकहरु खुल्ने भएका छन्।
राष्ट्र बैंकले बैंकहरुलाई शनिबार र आइतबारको विदामा पनि सेवा संचालन गर्न निर्देशन दिएको छ। आइतबार उधौली पर्व परेकाले सार्वजनिक विदा छ।
दोस्रो चरणमा हुने प्रतिनिधी तथा प्रदेश सभको चुनावका लागि बैंकिङ सेवा जरुरत पर्ने भएकाले ४५ जिल्लामा सेवा सुचारु गर्न बैंकहरुलाई भनिएको छ।
राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य, विकास बैंक तथा फाइनान्स समेत संचालनमा आउने छन्।