महालक्ष्मी विकास बैंकले चार जिल्लामा चार वटा शाखा संचालनमा ल्याएको छ।
बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी बैंकले चार शाखाहरुबाट एकै साथ कारोबार सञ्चालन गरेको हो।
सुदुरपश्चिमको बाजुरा, बझाङ्ग र बैतडीमा पहिलो राष्ट्रिय विकास बैंकको रुपमा शाखा संचालनमा आएको बैंकको दावी छ।
यीसँगै शाखा संख्या ७० पुगेको एटिएम संख्या ३५ पुगेको बैंकले जनाएको छ। बैंकले छिटै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ।
विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकासले कात्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपँैया निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपँैया कर्जा प्रवाह गरेको छ।