ग्लोबल आइएमई बैंक र जर्मनको केएफ डब्लु विकास बैंकबीच व्यवसायिक सम्झौता भएको छ।
जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत ग्रामिण भेगका जनताको जीवनस्तर सुधार्नका लागि ग्लोबल बैंकमार्फत साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकको उपस्थितिमा भएको यो सम्झौताअनुसार दिगो तथा ग्रामिण बिकास कार्यक्रम अन्तर्गत बैंकले ग्रामीण भेगमा सर्वसुलभ रुपमा कर्जा प्रदान गर्नेछ।