मंगलबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा बढेको छ। १० अंकले बढेर परिसूचक १५२३ अंकमा अडेको छ।
१६३ कम्पनीको ५७ करोड २१ लाखको सेयर किनबेच भएको छ। यस दिन बिमा र उत्पादन समूह क्रमशः १४ र १५ अंकले घटे। व्यापार समूह स्थिर रह्यो। बैंकिङ ५, होटल ३०, विकास बैंक २, जलविद्युत ३२, फाइनान्स ०. ७, अन्य ३४ र माइक्रोफाइनान्स समूह १३ अंकले बढे।
यस दिन चिलिमे जलविद्युत कम्पनीको सबैभन्दा धेरै ४ करोड २३ लाखको सेयर कारोबार भयो। कम्पनीको मूल्य पनि बढेर प्रतिकित्ता २१ रुपैयाँले बढेर ९६० कायम भएको छ।
बुटवल पावर कम्पनीको ३ करोड ८६ लाखको कारोबार भयो। उसको प्रतिकित्ता २३ रुपैयाँले मूल्य बढेर ७०५ कायम भएको छ।
मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ७.८ प्रतिशत नाफा कमाए। स्वदेशी लघुवित्त, कर्णाली विकास बैंक, युनाइटेड फाइनान्स, कालिका माइक्रोक्रेडिट, प्रोग्रेसिभ फाइनान्स, नेपाल टेलिकमका लगानीकर्ता पनि कमाउनेमा अगाडि देखिए।
कुबेर मर्चेन्ट फाइनान्सको मूल्य सबैभन्दा धेरै ३. २ प्रतिशतले घट्यो। डिप्रोक्स लघुवित्तले १६ प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ।