बजारमा चार कम्पनीका हकप्रद तथा बोनस सेयर सूचीकृत भएका छन्। लक्ष्मी बैंकको १ करोड १५ लाख ६३ हजार ६५२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
अरुण भ्याली हाइड्रोको ८ लाख ४८ हजार १९३ तथा वेष्टर्न डेभलपमेन्ट बैंकको ३ लाख १३ हजार ९२० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
राप्तीभेरि विकास बैंक तथा युनियन फाइनान्सलाई एक्वीजिसन गरेपछि ज्योति विकास बैंकको १५ लाख ७० हजार ६३७ कित्ता सेयर सूचीकृत भएको छ।
यसैबीच नयाँ नेपाल लघुवित्तले २० प्रतिशत बोनस दिई त्यसपश्चात हुन आउने पुँजीमा १ बराबर साढे २ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ।