सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी छनौट भएका छन्।
मह जोडीका मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले ब्राण्ड एम्बेस्डरको भूमिका निर्वाह सम्वन्धमा हस्ताक्षर गरे।
मह जोडीले प्रत्येक परिवारको लागि जीवन बीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउनेछन्। जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन्।
सिटिजन लाइफले गत कात्तिक २ गतेदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको हो। आफ्ना २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ। कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन्।