ज्योति लाईफ इन्स्योरेन्सको १६ औं शाखा धनुषा जिल्लाको जनकपुरमा संचालनमा आएको छ।
यस शाखा कार्यालय संचालनपश्चात आसपासका शहरी तथा ग्रामिण क्षेत्रमा जीवन बीमाको साक्षरता तथा पहुँच अभिवृद्धी हुने कम्पनीको विश्वास छ।
यसअघि काठमाडौ उपत्यकाभित्र ज्ञानेश्वर, गोंगबु, जोरपाटी, कीर्तिपुर, पुल्चोक, र सुर्यविनायक तथा उपत्यकाबाहिर नारायणगढ, विरगंज, पोखरा, चन्द्रनिगाहपुर, सिन्धुली, निजगढ, टिकापुर, बनेपा र नेपालगञ्जसहित १५ शाखा संचालनमा आएका छन्।
अधिकृत पुँजी ३ अर्ब रहेको कम्पनीको जारी पुँजी २ अर्ब २० करोडमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको छ।
कम्पनीले निकट भविष्यमा ६६ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्ता पुँजी २ अर्ब २० करोड पुर्याउने जनाएको छ। कम्पनीका ५ बीमा योजनाहरु छन्।
कम्पनीको संचालक समितिका अध्यक्ष पशुपति मुरारका हुन्।