अष्ट्रेलियाको नयाँ कारको मूल्यांकन गरिने कार्यक्रम (एएनसीएप) अन्तर्गतको परीक्षण मापदण्ड अनुसार बिवाइडी डल्फिन र बिवाइडी सिलले हालै मात्र सुरक्षामा फाइभ–स्टार मूल्यांन प्राप्त गरेका छन्।
सुरक्षाका फाइभ–स्टार मूल्यांकन प्राप्त गर्न, सवारी साधनहरूले सबै परीक्षणहरूमा उच्चतम मापदण्ड प्राप्त गर्नुपर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिहरूले सुसज्जित भएको हुनुपर्छ।
एएनसिएपको रिपोर्ट अनुसार बिवाइडी सिलले ओब्लिक पोल परीक्षणमा चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अंक प्राप्त गरेको छ।
यसले वयस्क यात्रीको सुरक्षामा ८९ प्रतिशत, बालबच्चा यात्रीको सुरक्षामा ८७ प्रतिशत, ८२ प्रतिशत सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा र ७५ प्रतिशत सुरक्षा सहयोगमा प्राप्त गरेको छ।
बिवाइडी डल्फिनले अगाडि परेको ठक्कर र छेउछाउ या किनारामा परेको ठक्करको प्रभाव परीक्षणमा बालबच्चा यात्रीको सुरक्षामा अधिकतम अंक हासिल गरेको छ।
साथै, बिवाइडी डल्फिनले २०२३ मा परीक्षण गरिएका सबै मोडलहरूमध्येमा सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा सर्वाधिक ८५ प्रतिशत अंक हासिल गरेको छ।
यी दुवै मोडलको एइबि हेड अन प्रणालीले सानदार प्रदर्शन गरेका छन्। त्यसैगरी यी दुई मोडलमा एएनसीएप को नयाँ मापदण्ड मूल्यांकन अनुसारको 'ढोका खुला हुने' प्रविधि क्षमता रहेको छ।
यस प्रविधिले यदि कार पानीमा डुबेको खण्डमा कारको ढोका दुई मिनेटसम्म बन्द हुन दिनेछैन।