प्रदेश नम्बर २ मा एम्बुलेन्स, दमकल, प्रहरी र शव बहानको साइरन परिवर्तन हुने
अहिले एम्बुलेन्स, दमकल, प्रहरी र शव बहानको साइरन फरक फरकको छ। उनीहरुले जस्तोसुकै आवाज दिने साइरन अनुमति लिएर राख्ने गरेका छन्।
तर प्रदेश नम्बर २ मा भने अब एम्बुलेन्स, दमकल, प्रहरी र शव बहानको साइरन परिवर्तन गर्ने तयारी मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरेको छ।
‘एम्बुलेन्सजति सबैको एउटा, दमकलको छुट्टै अर्को, शव बहान र प्रहरीको साइरन परिवर्तन गर्न लागिएको छ,’ मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाकी प्रमुख एसपी किरण बज्राचार्यले भनिन् ।
स
वारी साधनको आआफ्नो साइरन हुदाँ कसको के पत्ता लगाउन गाह्रो हुने भएकाले पनि साइरन परिवर्तन गर्न आवश्यक देखिएको उनले बताइन्।
यस विषयमा मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले संघीय प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य र यातायात कार्यालयहरुसँग छलफल गरिरहेको छ।
यसका साथै मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले एम्बुलेन्स, दमकल, प्रहरी र शव बहानका चालकहरुलाई ट्राफिक सम्बन्धि ज्ञान दिने तयारी गरेको छ। प्रदेश नम्बर २ का सबै जिल्लाहरुमा पुगेर सवारी चालकलाई ज्ञान दिइने एसपी बज्राचार्यले बताइन् ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले अहिले प्रेसर हर्न अभियान सुरु गरिरहेको छ। ११ सयभन्दा बढी सवारी साधनबाट प्रेसर हर्न निकालिएको छ।