सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
हाम्रो देशमा भूकम्प, नाकाबन्दी
कोरोना, बाढी-पहिरो जे आए पनि
दुःख र सास्ती गरिबले मात्रै
जिन्दगीभर खपिरहनु पर्ने?
सरकारको लकडाउनले
रोगले पनि भोकले पनि
गरिबलाई नै छानीछानी
बाँच्ने रहर खोसिदिने।
सानोतिनो गुजारा गर्दै बसेका
तिनै गरिबको भोटले सरकारमा पुगेका
पसिना बगाएर समाजलाई भरथेग गर्ने
बिचरा तिनै गरिबको चुलो निभ्ने
रातभरि भोकै पेट सुत्ने गरिबहरूलाई
जीवन बचाउन मतलब छैन कसैलाई
जति समयसम्म बाँच्छ, गरिबको परिवार
अर्काकै आशमा बित्छ आइतबारदेखि शनिबार
एक छाक खान नपाएर गरिबको पेट भोकै हुने
आधी उमेर पनि राम्रोसँग बाँच्न नपाउने
अध्यारो जीवनको सुरूङभित्र
पीडाको जीवन बाँच्नुभन्दा त
जीवनको लीला नै समाप्त गर्न बाध्य हुने
गरिब परिवारको याद आउँदा झर्को लाग्ने भए
सरकार! दु:ख कष्ट सहन बाध्य बनाउनुभन्दा
गरिब हुने स्थिति आउन नदिएकै राम्रो छ।
(प्रतिक दर्नाल सेन्ट जेभियर्स स्कुल, ललितपुरमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)